नेचासल्यानमा सञ्चालित नि:शुल्क स्वास्थ्य आमश शिविरमा उपचार गराउनेको भीड बढ्दै



सोलुखुम्बु।नेचासल्यानको वडा नं ४ स्थित चेतना बिस्तार सार्बजनिक पुष्तकालयमा सञ्चालन भइ रहेको नि:शुल्क स्वास्थ्य आमश (आत्मा,मन र शरीर) उपचार शिविरमा उपचार गराउने स्थानीयहरुको भीड बढ्दै जान थालेको छ।

स्वर्गिक मार्ग संघ जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा नेचासल्यान गाउँपालिकाको समन्वयमा सञ्चालित शिविरमा चौथो दिनसम्म सात सय बढीले उपचार गराईसकेको आयोजकले जनाएको छ । शिविरको राजनीतिज्ञ एबम् पूर्व माननीय भूपाल किँरातीले दीप प्रज्वलन गरि औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो।

शिविरमा प्यारालाईसिस,बाथ,युरिक एसिड लगायत नसा सम्बन्धि रोग,ग्याँष्ट्रीक,गानोगोला,कब्जियत जस्ता पेटसम्बन्धी रोग र माइग्रेन,मानसिक रोग,अनिन्द्रा,पिनास लगायतका रोगहरुको शरिरबाट उत्सर्जित रे अर्थात तापलाई हिलरहरुले हत्केलाको माध्यमबाट बिरामीको शरीरमा प्रवेश गराई उपचार भइ रहेको छ।
नेचासल्यानमा ध्यानको माध्यमबाट हेलिङ टचद्वारा उपचार गराईने यस किसिमको स्वास्थ्य शिविर पहिलो पटक सञ्चालन भएको स्थानीयको भनाई छ ।

शिविरमा डाक्टर र नर्सको सट्टा बीस जना हिलरहरुले बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । सात जना पुरुष र तेह्र जना महिला हिलरहरु रहेको शिविरमा उनीहरूले प्रदान गरिरहेको सेवाले आफुहरुलाई आश्चर्यचकित र सन्तुष्ट बनाएको बिरामीहरुको भनाई छ।

शिविरमा उपचार गराईरहनु भएकी स्थानिय गंगामाया बास्तोलाले आफुले विगत नौ वर्षदेखि घुँडाको समस्याका कारण उभिएरै दिशापिसाब गर्ने गरेकोमा शिविरमा उपचार लिएको तीन दिनमै टुक्रुक्क बसेर दिशा पिसाब गर्नसकेको भन्दै खुसी व्यक्त गरिन्। यस्तै किसिमको प्रतिक्रिया अधिकांश बिरामीहरुको पनि रहेको पाइएकोछ । यस प्रकारको नौलो उपचार पद्धतिको सुरुवात प्रेमवाद दर्शनका प्रतिपादक स्वामी वालतपस्वी सदगुरु ॐनन्द ज्युबाट भएको आयोजकले बताएका छन।

प्रतिक्रिया दिनुहोस्