पूर्बराजालाई नजरबन्द र मलाई पुनः पक्राउ गर्ने तयारी भइ रहेको छ : दुर्गा प्रसाई



काठमाडौं।राष्ट्र,राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पूर्बराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्ने र आफुलाई झुटा मुद्दा लगाई पुनः पक्राउ गर्ने तयारी भइ रहेको दावी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रसाईले बिहीबार यस्तो दावी गरेका हुन्। फागुन २५ गते भन्दा अगाडी नै आफुलाई पक्राउ गर्ने तयारी सरकारले गरिरहेको समाचार बिश्वस्त सूत्रबाट प्राप्त भएको उनको भनाई छ ।

यस्तो अवस्थामा बिभाजित होईन एकताबद्ध भएर राजसंस्था पुनः स्थापनाको आन्दोलनको आँधिबेहरी ल्याउन राष्ट्रभक्त नागरिकहरुलाई आव्हान गर्दै प्रसाईले फागुन २५ गते पूर्बराजा काठमाडौं फर्कने क्रममा गौरवपूर्ण नेपाल बनाउने यात्रा शुभारम्भ हुने गरि बृहत शक्ति प्रदर्शन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्