खुम्बु कांग्रेसका प्रबक्ता शेर्पाको पहलमा घरघरमा मास्क बितरण



सोलुखुम्बु ।खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर- ३ साबिक चौंरिखर्क गाविस वडा नं १ का ११३ घरलाई प्रति घर ५० वटाका दरमा माक्स र अति बिपन्न केहि परिवारलाई हात धुने साबुन बितरण गरिएको छ।

नेपाली कांग्रेसका युवा नेता पासाङ शेर्पाको पहल तथा क्यानडाली नागरिक जिलको आर्थिक सहयोगमा स्थानीयलाई सो सामाग्री हस्तान्तरण गरिएको हो।यसैगरी,मन्जो सामुदायिक स्वस्थ क्लिनिक लाई १५ वाट पिपिइ र शरिरको अक्सिजन नाप्ने यन्त्र अक्सिमिटर ३ वाट र ५ लिटर सेनिटाइजर वितरण गरिएको नेपाली कांग्रेस खुम्बु पासाङल्हामुका प्रबक्ता समेत रहेका शेर्पाले जानकारी दिनुभयो ।

उता शेर्पाहरुको चाड डुम्जी पुजा गर्ने खुम्बुको ६ वटा गुम्बा खुम्जुङ ,फोर्छे,पाङ्बोचे,थामे,नाम्चे र रिमिजुङ गुम्बालाई पनि १० हजार पिस माक्स वितरण गरिएको छ । उक्त मास्क प्रबक्ता शेर्पाको समन्वय र आदिवासी जनजाति बिभागका केन्द्रिय सदस्य आङछिरिङ शेर्पाको आर्थिक सहयोगमा वितरण गरिएको बताईएको छ।

खुम्बु पासाङल्हामुमा कोरोना भाईरस संक्रमण बढ्दै गएका कारण स्थानीयलाई माक्स बितरण गरिएको शेर्पाको भनाई छ।

प्रतिक्रिया दिनुहोस्