अमेरिकाले चार्टर विमानबाट आज १० नेपालीलाई नेपाल फर्काउँदै



काठमाडौं।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले आज १० नेपालीलाई चार्टर विमानबाट नेपाल पठाउँदै छ।

आधिकारिक कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने नीति लिएको ट्रम्प प्रशासनले १० नेपालीलाई आज चार्टर विमानबाट नेपाल पठाउन लागेको हो।

ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ। अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन एयरको सानो विमान आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ।

चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट आउन लागेको हो। अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आउनेछ।

ट्रम्प प्रशासनले यसअघि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्