समावेशी शिक्षा ब्यबहारिक रुपमै लागू गर्न थुलुङ दुधकोशी प्रयत्नशील : अध्यक्ष राई



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा चार दिने समावेशी शिक्षा,अपाङ्गता तथा बाल सुरक्षा सम्बन्धि पालिकास्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सुरु भएको छ ।

रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्य समन्वयमा उक्त गोष्ठी सुरु भएको रिड नेपालका शिक्षा विकास संयोजक केसब देव गिरिले जानकारी दिनुभयो ।

पालिकाको सभाहलमा जारी गोष्ठीको विहिबार उद्घाटन गर्नुहुदै पालिका प्रमुख असिम राईले समावेशी शिक्षा आजको आवश्यकता रहेकाले व्यावहारिक रुपमा पनि लागु गर्न पालिका प्रयत्नशील रहेको बताउनुभयो । विकासको मेरुदण्ड शिक्षा क्षेत्र भएकाले आफ्नो पहिलो प्राथमिकता शिक्षा शिक्षा क्षेत्र र त्यसपछि मात्र अन्य क्षेत्र रहेको बताउँदै विगत देखि नै शिक्षा सुधारका लागि रीड नेपालसंग सहकार्य गर्दै अनेकौ प्रयास गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै प्रमुख प्रशासकीय अधिकृत प्रशन्नदीप राईले यो कार्यशाला शैक्षिक सुधारका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको बताउदै समावेशी शिक्षाका बाधाहरूलाई चिर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा रीड नेपालका कार्यक्रम निर्देशक डील्ली प्रसाद डोटेलले कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भएको थियो ।

गोष्ठीमा पालिका भित्रका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य, पालिकाका शाखा प्रमुख तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु सहित २९ जनाको सहभागिता रहेको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण रीड नेपालका प्रशिक्षक तथा सम्बन्धित विषय विज्ञ रामलाल धामी,गोकर्ण शर्मा,अभिषेक विक्रम शाह,लक्ष्मी श्रेष्ठ र अर्पण रेग्मीले गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्