सोताङ गाउँपालिका:अध्यक्ष कपको उद्धघाटन सत्र सम्पन्न,खेल क्षेत्रको विकास संतोषजनक नभएको अध्यक्ष बस्नेतको भनाई
केदार बस्नेत,काठमाडौं।सोलुखुम्बुको सोताङ गाउँपालिकामा तेस्रो अध्यक्ष कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सत्र सम्पन्न भएको छ।आज मंगलबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला र गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतद्वारा संयुक्त रुपमा कार्यक्रमको उद्धघाटन गरिएको हो।

उद्धघाटन कार्यक्रमलाई सभापतिको आसनबाट सम्बोधन गर्दै बस्नेतले एक स्थानीय तह एक खेल मैदानको लागी आफुले तीनभन्दा बढी खेलकुद मन्त्री र पाँचभन्दा बढी सचिवलाई प्रस्ताव अघि सारेको स्पष्ट पारे।अध्यक्ष बस्नेतले राष्ट्रिय खेलकुद परिषद(राखेप)मा पर्याप्त बजेट नहुँनु आफैंमा दु:खद पक्ष भएको बताए।बस्नेतले खेलकुद मन्त्री तेजुलाल चौधरीको नामनै किटान गरेर(राखेप)लाई तोक लगाएर वितरण गर्ने सामाग्री सुहाउँदो नभएको गुनासो गरे। बस्नेतले यस्तो अवस्थाको विकासमा जोड दिदैँ आर्थिक पक्ष सबल बनाउँनतर्फ ध्यानदिन सरकारलाई सुझावसमेत दिएका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र माननीयहरुसँग लडाइँ गरेर ५० लाख बजेट ल्याएको र त्यसमा अपुग ५० लाख थप गरेर वडा नं ३ मा एक करोड रुपैयाँको लागतमा खेल मैदान निर्माण गर्न लागिएको जानकारी दिएका थिए।नेपाली कांग्रेसका नेता समेत रहेका बस्नेतले आफुले घाँटी हेरेर हाँड निल्ने काम गरेको बताए।
आफू सोताङको जनताको अभिभावक भएकाले स्थानीय सरकार समक्ष परामर्श गर्न समेत सुझाव दिएका छन् ।अध्यक्ष बस्नेतले स्वास्थका लागि खेलकुद रास्ट्रकालागि खेलकुद अपिरहार्य भएकाले आफ्नो कलालाई अनुशासित तवरबाट प्रदर्सन गर्नसमेत सुझाएका छन् ।अध्यक्ष बस्नेतले खेलकुदकै माध्यमबाट अमेरिका जस्तो महाराष्ट्रलाई पराजित गरेको स्मरण गर्दै खेलको विकासमा अध्यन गरेर मात्र आफू अगाडि बढदै आएको स्पष्ट पारे।
अब सर्वाङ्गिण तवरबाट खेल क्षेत्रलाई स्थान दिने दिन आएको उनको भनाई छ।कार्यक्रममा उपस्थिति नागरिकहरुलाई धन्यवाद तथा आभार प्रकट गर्दै अध्यक्ष बस्नेतले आफुले नेतृत्व गरेको पालिकामा सुशासनविपरीत काम भए दण्डित हुनुपर्ने बताएका थिए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनोज घिमिरे,नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई,सोही गाउँपालिकाको उपाध्यक्ष अन्जु नाछिरिङ,नेपाली कांग्रेसका नेता प्रकाश सिंह कार्की,महाधिवेशन प्रतिनिधि जीवन गुरुङ,महेन्द्रदीप राई,पुर्व महासमिति सदस्य हुतराज बस्नेत स्थानीय जनप्रतिनिधिहरु,कांग्रेस सोताङका सभापति कृष्ण कार्की स्थानीय बुद्धिजिवी तथा सरोकारवालाहरुको उपस्तिथि रहेको थियो।
उद्घाटन कार्यक्रम विरेन्द्रज्योती माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो।विभिन्न खेलबिदातर्फका कार्यक्रमहरु क्रमश अगाडि बढने आयोजकले जनाएको छ।मन्तव्य प्रकट गर्ने सबैले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रम सोताङ गाउँपालिका अध्यक्ष बस्नेतको सभापतित्व तथा जिसस प्रमुख निरौलाको विशेष उपस्थितिमा सम्पन्न भएको हो।जिल्लास्थित विभिन्न सञ्चार माध्यमबाटसमेत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको थियो।