प्रेस चौतारी सोलुखुम्बुको छैटौं अधिबेशन सम्पन्न,गार्डेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
सोलुखुम्बु । प्रेस चौतारी नेपाल सोलुखुम्बु जिल्ला शाखाको अध्यक्षमा गार्डेन राई सर्वसम्मत चयन हुनुभएको छ ।

प्रेस चौतारी नेपाल सोलुखुम्बुका निवर्तमान अध्यक्ष डिल्ली शर्माको अध्यक्षता तथा केन्द्रिय सदस्य नुतन श्रेष्ठको प्रमुख आतिथ्यतामा बिहिबार सल्लेरीमा सम्पन्न छैटौं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा सर्बसम्मत रूपमा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिबेशनले समितिको उपाध्यक्षमा प्रविन राई,सचिवमा पुष्प श्रेष्ठ, सहसचिवहरूमा भविराज खालिङ र जुनिसा राई,कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ,केन्द्रीय तथा प्रदेश प्रतिनिधिमा डिल्ली शर्मा र पशी शेर्पालाई चयन गरेको नव निर्बाचित अध्यक्ष राईले जानकारी दिनुभयो।
नवनिर्वाचित कार्यसमितिले पत्रकारहरूको हकहित संरक्षण,प्रेस स्वतन्त्रता प्रवर्द्दन र सोलुखुम्बु जिल्लामा पत्रकारिताको स्तर उकास्न थप कार्ययोजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

