कांग्रेस सुनसरीका पूर्व जिल्ला सभापति बस्नेतको निधन



काठमाडौं । नेपाली कांग्रेस सुनसरीका पूर्व जिल्ला सभापति रामबहादुर बस्नेतको निधन भएको छ ।

७८ वर्षीय बस्नेतको काठमाडौँस्थित आफ्नै निवासमा सोमबार बिहान निधन भएको हो । प्रजातन्त्र स्थापनापछि ०४९ सालमा भएको स्थानीय तहको निर्वाचनमा जिल्ला विकास समिति सुनसरीको पहिलो सभापति भएका बस्नेतको निधनले कांग्रेस सुनसरीका अपुरणीय क्षति पुगेको भन्दै सुनसरी कांग्रेसले दुःख व्यक्त गरेको छ ।

सभापति केदार भण्डारी, प्रवक्ता तथा सचिव वीरेन्द्रकुमार साह र माधव घिसिङद्धारा जारी शोक विज्ञप्तिअनुसार माघ ८ गते पार्टी कार्यालय इनरुवामा बस्नेतको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि राखिनेछ । माघ ७, ८ र ९ गते सुनसरी जिल्ला अन्तरगत सबै वडा कार्यालयमा पार्टीको झण्डा आधा झुकाइनेछ ।

प्रतिक्रिया दिनुहोस्