१४ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
भोजपुर।१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका-८ कत्लेपानी बस्ने ४५ वर्षीय भक्त बहादुर थापा रहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो पक्राउ परेका थापाले ती बालिकालाई गत भदौ १० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।