फोनिज काठमाडौं शाखामा लामाको अध्यक्षतामा नयाँ कार्यसमिति
काठमाडौं । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखा अध्यक्षमा भिमबहादुर लामा सर्वसम्मत निर्वाचित भएका छन्।

त्यसैगरी शाखाको उपाध्यक्षमा सुदिना श्रेष्ठ,सचिवमा रत्नकाजी महर्जन, सहसचिवमा नितु डंगोल र कोषाध्यक्षमा दिपा सुनुवार निर्वाचित भए। सदस्यहरुमा क्रमशः वेदबहादुर गुरुङ, किचसिंह डंगोल, राधिका लो, सरला चौधरी, सिर्जना मगर, अन्जना राई, अजय खडगी र पासाङ काजी शेर्पा चयन भए।
संघीय प्रतिनिधिमा पूर्णभक्त दुवाल, गंगादेवी महर्जन, मिक्साङ बाइवा तामाङ, यशोदा भुजेल, हरिगोपाल प्रधान, निरज रञ्जित, प्रविण श्रेष्ठ, सुरेन्द्रभक्त श्रेष्ठ, अर्जुनबहादुर तामाङ, लालकुमार तामाङ, सुशिला तामाङ, अमिर लामा, नेपोलियन चेपाङ, कमल राना, बिगेन तुलाधर, सुप्रिया राई, मञ्जु तामाङ, सहदेव चौधरी, निशा तामाङ, दिलिप तामाङ चुनिए।
त्यस्तै, प्रदेश प्रतिनिधिहरुमा उदेन न्हुसामी, विमला मानन्धर, सरस्वती श्रेष्ठ, मिङमा लामा, सविका श्रेष्ठ, मनमाया स्याङबो, अनिता डंगोल, सुरज मानन्धर, एलबी सागर, प्रदीपकुमार श्रेष्ठ, हिरोज लोपचङ, तेज नाछिरिङ राई, दशिराम थारु, मनोजरत्न शाही, सञ्जय उदास, लक्ष्मीराम सुनार, अनुप प्रधान, रामबहादुर मगर, कर्साङ तामाङ, विष्णुराज श्रेष्ठ, डिगबहादुर श्रेष्ठ, तेजनारायण महर्जन, प्रजित शाक्य, हेमप्रकाश राई, श्यामलाल लामा, प्रेम लामा चयन भएका छन्।
शाखाका अध्यक्ष शैले डंगोलका अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार नरेशकाजी शाक्यलाई सम्मानित गरिएको थियो।