समाजसेवी पासाङ शेर्पाको पहलमा बिरामीलाई आर्थिक सहयोग
दावा जाङ्बु शेर्पा,काठमाडौं।ललितपुरको भैसेपाटीस्थित स्पाइनल ईन्जुरी पुनर्स्थापना केन्द्रमा उपचाररत सुक्दिकी शेर्पालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

मेरुदण्ड भाँचेको (Spinal Injury) र शरीर भरी गम्भीर चोट लागेर सो अस्पतालमा उपचार गराईरहेकी ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं-७ विगुटार,सर्सेपु निवासी स्वर्गीय तेन्जिङ शेर्पाकि श्रीमती सुक्दिकी शेर्पालाई शनिबार एक लाख छब्बीस हजार आठ सय रुपैयाँ हस्तान्तरण गरिएको हो।
बिरामीको पारिवारिक आर्थिक अवस्था नाजुक रहेका कारण शेर्पा संघ दक्षिण कोरियाका सल्लाहकार तथा समाजसेवी पासाङ शेर्पाको पहलमा दक्षिण कोरियामा संकलन गरी पठाईएको रकम हस्तान्तरण गरिएको पात्ले शेर्पा किदुगका अध्यक्ष पासङ दावा शेर्पामार्फत हस्तान्तरण गरिएको बताईएको छ ।