पर्यटन व्यबसायी शेर्पाद्वारा विद्यार्थीलाई शैक्षिक समाग्री वितरण



दावा जाङ्बु शेर्पा,ओखलढुंगा।खिजीदेम्बा गाउँपालिका वडा नं ९ मा रहेको जनता आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ ।

मोलुङ गाउँपालिका वडा नं.-७ सुर्के निवासी हाल काठमाडौं सामाखुसी बस्नुहुने सगरमाथा आरोही तथा पर्यटन व्यवसायी ओङढा शेर्पाले खिजीदेम्बा गाउँपालिका वडा नं ९ स्थित जनता आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गर्नुभएको हो । विद्यालयका बालकक्षा देखि कक्षा ८ सम्म अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक समग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शेरसाङ्गे शेर्पाले जानकारी दिनुभयो ।

सामाग्री बितरण कार्यक्रम गर्न एसेन्ट एडले संयोजकको भुमिका निर्वाह गरेको वहाँको भनाई छ।समाजसेवी शेर्पाले बिपि संस्कृत मा. बि,नेचासल्यान गाउँपालिका २ का १३० बिद्यार्थीहरुलाई पनि शैक्षिक समाग्री वितरण गर्नु भएको हो।उहाँले यस वर्ष देखि तीन वटा बिद्यालयलाई सहयोग गरेको समेत जानकारी दिनुभयो।

यस्तै शिक्षा संसारको पहिलो अँखा हो भन्ने नारासहित मोलुङ्ग ७ जेसे मविमा अध्यनरत कक्षा १ देखि कक्षा १० सम्मका १५५ जना विद्यार्थीहरुलाई शेर्पाकै संयोजकत्वमा शैक्षिक सामाग्री बितरण गरिएको र सो सामाग्री खिजिदेम्बा ९ रिपाल हाल कोरियामा कार्यरत सामाजिक कार्यमा सक्रिय व्यक्ति आङ ङावा शेर्पा सहयोग गरेको बताईएको छ।

समग्री वितरण गर्दै ओङढा शेर्पाले विद्यार्थी भविष्यका कर्णधार भएकाले उनीहरुको शैक्षिक योग्यता बढाउन आफ्नो तर्फबाट सहयोग गरेको बताउनु भयो ।‘शिक्षाको विकास नभई देशको विकास हुन सक्दैन भन्ने मुल मन्त्रका साथ आफ्नो तर्फबाट सकेको सहयोग गरेको शेर्पाले भन्नुभयो । ‘सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरे देशले शिक्षा क्षेत्रमा ठूलो फड्को मार्न सक्ने शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्