भाटभटेनी सुपरमार्केट्सको ५४ सदस्यीय टोली शुक्रबार थाइल्यान्ड जांने
काठमाडौं।भाटभटेनी सुपरमार्केट्सको ५४ सदस्यीय टोली भोलि (शुक्रबार)थाइल्यान्ड जाने भएको छ।त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी जानकारी लिने उद्देश्यले‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिएर सो टोलीलाई थाईल्यान्ड पठाउन लागिएको हो।
६ दिने थाइल्यान्डमा बसाईका क्रममा सो टोलीले त्यहाँका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँको अवलोकन गर्ने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन्।
६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिएँ।