एनपीएलमा बेटिङ खेलाएको आरोपमा कीर्तिपुरबाट चार जना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले किर्तीपुरबाट ४ जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र आज मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा भारत कोलकत्ता बाह्ररसान बवुनगाद्दी घर भएका २४ वर्षीय सुमन घोष, भारत उत्तर प्रदेश कानपुर घर भएका २५ वर्षीय अमित यादव, भारत बिहार सहरसा-२ बखरी घर भएका २७ वर्षीय सुमन्त कुमार र भारत बिहार सहरसा हरंसरी घर भएका ३० वर्षीय ब्रजेश कुमार रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट ग्राउन्ड कीर्तिपुरमा संचालन भइरहेको नेपाल प्रमियिर लिग क्रीकेट प्रतियोगितामा स्पोर्टस बाजी, प्रोबो लगायतका अनलाइन बेटङि एपबाट पैसाको हार जित हुने गरी सट्टेबाजी खेल्ने, खेलाउने कार्यमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले क्रीकेट मैदान भित्रबाट पक्राउ गरेको हो।
एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।