महाकवि देवकोटाको ११६औँ जन्मजयजयन्तीमा छन्दबाटिकाले आयोजना गर्यो साहित्यिक कार्यक्रम
बिराटनगर।छन्दवाटिका नेपालले बिशेष साहित्यिक कार्यक्रमको आयोजनामा गरी महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाएको छ।
विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा बिराटनगरस्थित देवकोटा चोकमा आयोजित सो कार्यक्रममा स्वर्गीय महाकबि देवकोटाको शालिकमा माल्यार्पण गरिनुका साथै दर्जन बढी कविहरूबाट कविता वाचन गरिएको थियो ।
छन्दवाटिका नेपालका अध्यक्ष साहित्यकार हरि कट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ बिवश पोखरेलको प्रमुख आतिथ्यता तथा
प्राज्ञ खेम नेपालीले बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष कट्टेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महाकवि देवकोटाप्रति श्रद्धाभाव अर्पण गरेको सो कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ पोखरेल लगायतका बक्ताहरुले महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वकोबारेमा चर्चा गरेका थिए।
छन्द वाटिकाका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गरेको सो कार्यक्रममा साहित्यकारहरू भरत बर्बरिक,बाबुराम पोखरेल,भारती पोखरेल,डा देवी पन्थी,भक्ति दाहाल,भवानी प्रसाद पोखरेल,भूपाल अधिकारी ऋषि तिवारी कुमार श्रेष्ठ,शारदा भट्टराई,स्वयम्भू कार्की, रोहिणी रसिक,प्रमोद ढकाल,निर्मला कोईराला,प्रिन्स प्रमोद,सविना श्रेष्ठ,अम्विका खरेल उप्रेती, भैरव क्षेत्री,लक्ष्मण यादव,कर्ण संजय ,मन्जु गिरी,मिन कुमार नवोदित लगायत थुप्रै साहित्यकार तथा संस्कृतिकर्मीको उपस्थिति रहेको थियो।
छन्दवाटिका नेपालले विगतदेखि नै देवकोटा जन्मेको दिन कार्तिक २७ गते विविध कार्यक्रमहरु गरी उनको जन्मजयन्ती मनाउदै आएको अध्यक्ष कटेलले जानकारी दिनुभयो।महाकवि देवकोटाको जन्म १९६६साल कार्तिक २७ गते भएको थियो ।