सरकारी राहत कोषमा एमाले सांसदहरुले १५ दिनको तलब जम्मा गर्ने
काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले १५ दिनको तलब सरकारी राहत कोषमा जम्मा गर्ने भएका छन्।
मंगलबार बसेको संसदीय दलको बैठकमा आधा महिनाको तलब कोषमा जम्मा गर्ने निर्णय भएको सचेतक सुनिता बरालले जानकारी दिइन् ।
एमालेले बाढीपहिरोपीडितलाई पुनर्स्थापनाका लागि जनप्रतिनिधिलाई सचेतकतापूर्वक लाग्न पनि निर्देशन गरेको छ । त्यसअघि बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँ राहत कोषमा प्रदान गर्ने निर्णय गरेको थियो ।