विपद्मा परी हालसम्म २०५ जनाको मृत्यु
काठमाडौं।अविरल वर्षाको कारण गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्मा परी २ सय ५ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार विपद्मा परी सोमबार दिउँसोसम्म काठमाडौं उपत्यकामा ५६ जना,कोशी प्रदेशमा १७ जना,मधेश प्रदेशमा ५ जना,बागमती प्रदेशमा १ सय २५ जना,लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको हो।
यसैगरी,काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना,बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् भने २४ जना बेपत्ता छन।
काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना,कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ।