डा.रेणुका सोलुको अर्को कृति ‘तुइन जिन्दगी’ संस्मरणात्मक निबन्ध सङ्ग्रह सार्वजनिक



काठमाडौँ।साहित्यिक क्षेत्रमा सशक्त कलम चलाउँदै आएकी डा. रेणुका सोलुको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘तुइन जिन्दगी’ सार्वजनिक भएको छ ।

सामाजिक, आर्थिक तथा राजनीतिक पुरातन चेतनाविरुद्ध सङ्घर्षरत एक आम नारीको कथा उजागर गरिएको डा. सोलुको ‘तुइन जिन्दगी’ शुक्रबार ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा आयोजित कार्यक्रममा पुस्तक लेखक स्वयम् डा.सोलु, डा. दामोदर पुडासैनी,गगन थापा,माया ठकुरी,अशेष मल्ल, डा‍. सावित्री मल्ल कक्षपति,डा.गीता त्रिपाठी लगायतका व्यक्तित्वहरुले पुस्तक सार्वजनिक गरेका हुन् ।

सार्बजनिक पुस्तकमाथि डा.पुडासैनी,त्रिपाठी र अधिकारीले टिप्पणी गरेका थिए ।समालाेचक त्रिपाठीले पुस्तकमा आएकाे नारीवाद समावादकै स्वरुपमा रहेकाे सुनाउँदै सरल तथा सामान्य रुपमा गम्भीर कुरा समेटिएकाे बताइन् । घर, माइती सबैलाई एकसाथ जाेडिरहेकाे महिलाकाे सङ्घर्ष आएकाे समालाेचक अधिकारीले सुनाइन् ।

उनले भनिन्,‘कामकाजी, गृहिणी महिलाले कसरी घर अफिस जाेडिरहेकाे छ भन्ने हामी आम महिलाकाे कुरा उठान गर्नुभएकाे छ ।’ साेलुलाई ठकुरीसहित थापा र डा. कक्षपतिले शुभकामना व्यक्त गरे ।

सामाजिक जीवनमाथि अनेकन काेणबाट कलम चलाउने डा. सोलुका यसअघि ‘शिखरपुरुषप्रति श्रद्धासुमन(२०६७)’‘अवसरको सगरमाथा(२०६९),‘अस्तित्वको खोजी(२०७०), ‘गुलाफ फुल्न खोज्दा(२०७०),’उपन्यासकार विशेश्वरप्रसाद कोइरालाका नारीपात्रमा नीति चेतना (समालोचना २०७०)’‘भिरमह(२०७३),’ ‘चिराक(२०७५)’कथासङ्ग्रह’गजलसङ्ग्रह‘संघर्षका पाइला(२०७६),’’शोककाव्य आत्मकथा‘लगायत बालसाहित्य र सहलेखनका थुप्रै पुस्तकहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्