राष्ट्रिय मातृभूमि पार्टीले गठन गर्यो युवा मातृभूमि शक्ति
काठमाडौं।राष्ट्रिय मातृभूमि पार्टीले दिल बहादुर (डीवी) विश्वकर्माको संयोजकत्वमा युवा मातृभूमि शक्ति ‘युमाश’राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ।
वर्तमान संसदीय व्यवस्थाका कारण भ्रष्टाचार, वेथिति र कुशासन बढेको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश खारेजीको एजेण्डा अघि सारेको सो पार्टीले युवाहरु संगठित गर्ने उद्देश्यले विभिन्न पृष्ठभूमि भएका युवाहरुको राष्ट्रिय भेला गरी सो समिति गठन गरेको हो।
पार्टी अध्यक्ष रामशरण पाण्डेको सभापतित्वमा सम्पन्न भेलाद्वारा गठित समितिका सदस्यहरुमा सदस्यहरुमा राजुमुनी बज्राचार्य,राजु राई,देवेन्द्र बोहोरा,सरिता विष्ट,रेजिना नेपाली छन् ।
भेलाले कोशी प्रदेशमा उमेश उप्रेती,मधेश प्रदेशमा दिपेश श्रेष्ठ, बागमती प्रदेशमा राजुमुनी बज्राचार्य,गण्डकीमा संघरत्न शाक्य, सह–संयोजकमा राजेश श्रेष्ठ लुम्बिनी प्रदेशमा अनिश कुमार श्रेष्ठ, कर्णाली प्रदेशमा सञ्जु राई,सुदुरपश्चिम प्रदेशमा लोकेन्द्र कुमाललाई प्रदेश संयोजक तोकेको छ।
यसैगरी जिल्लातर्फ काठमाडौंमा संयोजक गोकुल सुवेदी, ललितपुर संयोजक राजु चित्रकार,काभ्रे पलाञ्चोकमा संयोजक विनायक पाण्डे,सिन्धुपाल्चोक संयोजक सुजन तामाङ सह संयोजक देवेन्द्र बोहोरा धादिङमा संयोजक रुपेश चेपाङ,सह–संयोजक सन्तोष चेपाङ र सचिवमा राजु चेपाङ संयोजक चयन भएका छन् ।
पार्टी उपमहासचिव लक्ष्मी दत्त भट्टले सञ्चालन गरेको सो भेलालाई पार्टी अध्यक्ष पाण्डे, वरिष्ठ उपाध्यक्ष टुलराज वस्याल महासचिव गोविन्द गिरी,अभियन्ता रोमलाल गिरी,तेजेन्द्र प्रसाईं लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै भ्रष्टाचार र कुशासन बिरुद्ध एक भएर लाग्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा भ्रष्टाचार विरोधी अभियन्ता जनकवि भोला बरालले जोशिला ढंगका कविता बाचन गरेका थिए।
समाजसेवी आनन्दराज जोशी,अधिवक्ता सुरेन्द्र शर्मा,राष्ट्रिय स्तरका खेलाडी,कलाकार तथा विभिन्न पेशा व्यवशायमा आवद्ध अग्रज युवाहरु सञ्जु राई,गोकुल सुवेदी, संघ रत्न शाक्य,उमेश उप्रेती, भिमसेन रिसाल,राजु चित्रकार, दिपेश श्रेष्ठ, अनिल श्रेष्ठ तथा विभिन्न क्षेत्रका युवाहरुको उपस्थिति रहेको आयोजकले जनाएको छ ।