बीपीको चिन्तनलाई आत्मसात गर्न सके मुलुकमा साँचो समाजबाद स्थापित हुन्छ : सभापति शेर्पा




सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले बीपीको चिन्तनलाई आत्मसात गर्न सके मुलुकमा साँचो समाजबाद स्थापित हुने बताउनुभएको छ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले १११ औं बीपी जयन्तीका अवसरमा आयोजना गरेको ‘राजनीति,साहित्य र दर्शनका त्रिवेणी बीपी कोइराला’ बिषयक निबन्ध प्रतियोगिता तथा ‘बर्तमान राष्ट्रिय राजनीति र बीपी कोइराला’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख समेत रहेका शेर्पाले सो कुरा बताउनुभएको हो।वहाँले स्वर्गीय कोइराला दक्षिणी एशियाली राजनीतिकै एक चम्किलो नक्षत्र भएको बताउनुभयो।

राष्ट्रियताको रक्षा र प्रजातन्त्रको स्थापनाका लागि वहाँले गर्नु भएको त्याग र योगदान अतुलनीय रहेको बताउंदै वहाँले ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने वहाँको भनाई नेपाली समाजबादका लागि प्रस्थान बिन्दुभएको धारणा राख्नुभएको थियो।

सभापति शेर्पाले मोहनकृष्ण निरौला कार्यबाहक अध्यक्ष रहेको नेबिसघं सोलुखुम्बुको आधाकारिक नेबिसंघ भएको स्पष्ट पार्दै अनावश्यक भ्रम छर्ने काम नगर्न सचेत गराउनुभयो।

नेबिसंघ सोलुखुम्बुका कार्यबाहक अध्यक्ष मोहनकृष्ण निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला,नेपाली कांग्रेस कोशी प्रदेश सदस्य एबम् सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धीमाया तामाङ,महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य नवीन थापा,नेपाली कांग्रेस जिल्ला कार्यसमिति सहसचिव उत्रमान राई,प्रबक्ता चन्द्र आचार्य,भात्री संस्था समन्वय प्रमुख बीरबहादुर गुरुङ र नेबिसंघका केन्द्रीय सदस्यहरु गीता गुरुङ,भानुभक्त जोशी,बासुदेव न्यौपाने,भुपेन्द्र थेवे,एनपी जोशी,मनिषा बिष्ट लगायतको सहभागिता रहेको थियो।

अन्तरक्रियाका बक्ताहरुले बीपी कोइरालाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नुभएको भूमिका,वहाँको साहित्यिक व्यक्तित्व र युवा पुस्ताले वहाँबाट ग्रहण गर्ने कुराका सन्दर्भमा प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्