निर्देश काेइरालाका तीन मुक्तक
मुक्तक-१
मिठाे मासु च्युरा जुटायाे उसैले
स्वदेशी सिमाना लुटायाे उसैले
छ बालेन राम्राे भनेकाे सुनेर,
सिपाही झिकाई कुटायाे उसैले ।
मुक्तक-२
दह्राखरा युवा चै अर्काे देश जाने
बुढा नेता कार्खाना बेची बेची खाने
ताली पिट्ने जनता झाेला बाेक्छन्,
भ्रष्टाचारी नेताले देश कता लाने ?
मुक्तक-३
जनताकाे आँसु खाेलामा बगायाै
काम नलाग्ने टावर खेतमा बनायाै
जनतालाई दुःख दिँदा के पाउला र ?
भाेलि मर्ने बिर्सियाै क्षणभर रमायाै ।
वर्ष-११
कक्षा-६ ख
स्ट्यान्डर्ड बाे. स्कुल
इटहरी -१७