अखिल(क्रान्तिकारी)सोलुखुम्बुको नवौं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा शेर्पा सर्बसम्मत




सोलुखुम्बु।नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा सोनाम शेर्पा सर्बसम्मत चयन भएका छन्।

शनिबार सदरमुकाम सल्लेरीमा पूर्ब सांसद एबम् नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई ‘सुरबीर’ को प्रमुख आतिथ्य तथा पार्टी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज एवम् थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईको विशिष्ट आतिथ्यमा सम्पन्न युनियनको नवौं जिल्ला सम्मेलनले शेर्पाको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी सर्बसम्मत चयन गरेको नेकपा माओवादी केन्द्रका नेता भोजराज कार्कीले जानकारी दिए।

कमिटीको उपाध्यक्षत्रयमा युनिशा कार्की र बेनी बहादुर खड्का, प्रभुराम राई ,सचिवमा बल बहादुर कुलङ,सह-सचिवमा रिजन भुजेल र कोषाध्यक्षमा कुसुम खालिङ छन्।

युनियनका जिल्ला इन्चार्ज अम्बिर कुलुङको सभापतित्वमा सम्पन्न सम्मेलनको बन्द सत्रले प्रदेश र केन्द्रीय प्रतिनिधि समेत छनौट गरेको छ।

नेकपा माओवादी केन्द्र जिल्ला संयोजक नाम्गेल शेर्पा लगायत अन्य नेताहरुको समेत उपस्थिति रहेको सम्मेलनको उद्घाटन सत्रलाई केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज राई,पार्टी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह-इन्चार्ज राई,पार्टी जिल्ला संयोजक शेर्पा लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

सम्मेलनमा विभिन्न विद्यालायबाट करिब २०० विद्यार्थी प्रतिनिधिको उपस्थिति रहेको कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्