प्रधानमन्त्री ओली असोज ५ गते अमेरिका जाने




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असोज ५ गते
अमेरिका भ्रमणमा निस्कने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत गरेसंगै उनी अमेरिका भ्रमणमा जाने तय भएको हो ।

ओली न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानका लागेका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री आरजु देउवा राणा, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्सालसहित सहभागी हुने तय भएको छ ।

राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ सम्म न्यूयोर्कमा हुँदै छ ।उनी असोज १५ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्