‘स्रष्टा भेटघाट तथा रचना वाचन’कार्यक्रम सम्पन्न




काठमाडौं।हामी र हाम्रो कृति समाजको आयोजनामा ‘स्रष्टा भेटघाट तथा रचना वाचन’कार्यक्रम सम्पन्न भएको छ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटार शनिबार संस्थाका आजीवन सदस्य तथा कार्य समिती सदस्य गङ्गा आचार्य सेढाई को सभापतित्वमा सुरुभएको कार्यक्रममा प्रमुख अतिथि लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा रहनु भएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि वरिष्ठ समालोचक तथा विश्लेषक प्रा.डा.गोविन्दमान सिह कार्की,वरिष्ठ गीतकार द्वारिका ढुङ्गाना रहनुभएको थियो।कार्यक्रममा संस्थाका सहयाेगी साथै मुक्तककार दिलीप याेञ्जन तामाङकाे उपस्थिति थियाे । कार्यक्रममा संस्थाकी संस्थापक उपाध्यक्ष नम्रता उप्रेतीले सभामा आसिन व्यक्तिहरुलाई खादा र माला प्रदान गर्नु भएको थियो भने संस्थाकी संस्थापक सदस्य शुभद्रा अधिकारीले स्वागत मन्तव्यले सम्पूर्ण सहभागीलाई स्वागत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा हातेमालो साहित्य सङ्गमका अध्यक्ष सुनिल अधिकारी,पूर्ण बहादुर श्रेष्ठ हृढयङ्कृत,शुभद्रा अधिकारी,गङ्गा आचार्य,शम्भु प्रसाद गजुरेल,भक्ती नारायण महर्जन,नवराज भट्ट, अरुण खड्का,मन भुजेल,द्वारिका ढुङ्गाना,नम्रता उप्रेती निराश्रित , मुकुन्द पौडेल,गोविन्द राज पौडेल,होम प्रसाद नेउपाने,कृष्ण बजगाइ,अभागी मानन्धर,दिपक पनेरु,रामेश्वर केसी,अनुराग अरुण, डा मेघराज ढकाल,लव खड्का तथा नवराज नवशिलाले रचना वाचन गर्नुभएको थियो।

कार्यक्रमको सुरुमा कार्यक्रमको बारेमा जानकारी दिदै हामी र हाम्रो कृति समाजका संस्थापक अध्यक्ष मदन नेपालले संस्थाका आगामी कार्यक्रमको बारेमा अझ विशेष तरिकाले कृतिहरु प्रकाशन सहित नवस्रष्टा र दुर दराज का सर्जकहरुको उत्थानका निम्ति लागिरहने कुरा अवगत गराउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि रहनु भएका प्रा.डा. गोविन्द मान सिह कार्कीले संस्थाले हालसम्म गरेका साहित्यिक गतिविधीहरुको प्रशंशा सहित साहित्य विधामा अन्य व्यक्ति र संस्थाले गरेका कार्य भन्दा फरक र अब्बल कार्य गरिरहेको र यो निरन्तर रहिरहोस भन्ने शुभकामना व्यक्त गर्दै सुन्दर कविता समेत वाचन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिले समेत संस्थाको यस प्रकारको सकृयताले सर्जकहरुमा उत्प्रेरणा प्रदान गर्ने गरेको बिचार व्यक्त गर्दै मिठा मुक्तक समेत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कविता, मुक्तक, चारु, लघुकथा, गजल आदि रचना २१ जना स्रष्टाले रचना वाचन गर्नु भएको थियो । आजको कार्यक्रममा करिव ४५ जना स्रष्टा सर्जकको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन हामी र हाम्रो कृतिसमाजका संस्थापक सदस्य नवराज नवशिलाले सुन्दर तरिकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्