पुस्तकालय दिवसका अवसरमा नेचासल्यानमा खुला बक्तृत्वकला तथा संगिनी गायन प्रतियोगिता सम्पन्न
सोलुखुम्बु।चेतना विस्तार युवा परिवार नेचासल्यान-४ द्वारा सञ्चालित चेतना विस्तार सार्वजनिक पुस्तकालयले आयोजना गरेको बक्तृत्वकला तथा मौलिक संगिनी गीत गायन प्रतियोगितामा क्रमशः केदार माध्यमिक विद्यालयकी छात्रा सबिना कटेल र क्रियाशील महिला समूह नेचासल्यान-३ प्रथम भएका छन्।
१७ औं राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यमा शनिबार आयोजित ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ बिषयक खुला वक्तृत्वकला प्रतियोगितातर्फ हिमाल दर्शन माबिका छात्रा गरिमा फुयल दोश्रो र हिमाल दर्शन माबिकै छात्रा केनु ढुंगेल तृतीय भएको पुस्तकालयका अध्यक्ष छविलाल बास्तोलाले जानकारी दिनुभयो।
पुस्तक र पुस्तकालयको महत्व सम्बन्धि शब्द चयनमा मौलिक संगिनी गीत गायनतर्फ भने कालिका देवी समूह नेचासल्यान-३ द्वितीय,भेडीखोर महिला बचत तथा ॠण सहकारी संस्था नेचासल्यान-२ तृतीय र भदौरे महिला समूह नेचासल्यान-३ ले सान्त्वना पुरस्कार प्राप्त गरेको वँहाले बताउनुभयो।
प्रथम,द्वितीय र तृतीयलाई क्रमशःवक्तृत्वकला प्रतियोगितातर्फ १ हजार ५००, १ हजार र ५०० का साथमा प्रमाणपत्र र संगिनीतर्फ प्रथम हुनेलाई ४ हजार द्वितीयलाई ३ हजार,तृतीयलाई २ हजार र सान्त्वना स्वरुप १ हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना राई,निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेल,३ नं वडाध्यक्ष सीताराम भट्टराई,४ नं वडाध्यक्ष इन्द्र कुमार राई,गाउँ कार्यपालिका सदस्य बिष्णु प्रसाद बास्तोला, चेतना बिस्तार सार्बजनिक पुस्तकालयका अध्यक्ष जगनाथ बास्तोला,रीड नेपालकी संयोजक सुजाता राई,विभिन्न विद्यालयका प्रधानाध्यापक,शिक्षक लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।
पुस्तकालयका अध्यक्ष छबिलाल बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिब जेबी जिज्ञासुले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले संस्कृति संरक्षण र पठन संस्कृतिको बिकासका लागि पुस्तकालयको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउँनुभएको थियो।