थुलुङ दुधकोशी:अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामाग्री वितरण



केदार बस्नेत,सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता सामग्री वितरण गरेको छ ।

वडा नम्बर ६ मा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले बिहीबार सहायता सामाग्री वितरण गर्नुभएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

प्रबक्ता कार्कीका अनुसार अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गतको क्रियाकलाप मध्ये अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण,आवश्यकता पहिचान र परिचय पत्र वितरण (शि.बि.र) कार्यक्रममा विशेषज्ञ चिकित्सकहरुद्धारा पहिचान भए बमोजिमका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको हो ।

गत वर्ष पनि गाउँपालिकाले सामाग्री खरिद गरि ९ वटै वडाका अपांगता भएका व्यक्तिहरुलाई वितरण गरेको थियो । गत वर्ष पाउन नसकेका तथा छुटेका ४२ जनालाई यस वर्ष वितरण गरिने छ ।

अध्यक्ष राईले वडाभित्रका अपाङ्गता भएका नागरिकहरुलाई आवश्यकता र मागको आधारमा लठ्ठी,बैशाखी,थेरापी सम्बन्धी सामाग्री,श्रवण सहायता ( hearing-aid ) लगायतको सामाग्री वितरण गर्नुभएको वडा नं ६ का वडाध्यक्ष महेन्द्रदीप राईले जानकारी दिनुभयो। सहायता सामाग्री पाउनेमा लाल बहादुर बिक,प्रकाश राई,नवीन राई, तोक बहादुर राई ,चन्द्र बहादुर राई लगायत ९ जना रहेको वहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्