केन्द्रीय सदस्य आचार्यले गरे आम जनता पार्टी परित्याग



काठमाडौं।आम जनता पार्टीमा ब्यक्तिबाद,क्षेत्रीयतावाद, चरम नातावाद, र कृपावाद हावी भएको भएको भन्दै केन्द्रीय सदस्य बलभद्र आचार्यले पार्टी परित्याग गरेका छन् ।

पार्टीको नाम आम जनता पार्टी भएपनि अध्यक्ष प्रभु साहको सोच र चिन्तन मधेसबादी दलको भन्दा माथी उठ्न नसकेको बताउँदै आचार्यले पार्टी परित्याग गर्नुपर्ने कारण बिज्ञप्तिमार्फत भनेका छन्,-देश र जनताको पक्षमा केही योगदान गर्ने सोचले केहि महिना पहिले प्रभु साह नेतृत्वको आम जनता पार्टी नामक मधेशवादी पार्टीमा आबद्द रही केन्द्रीय सदस्य पदको जिम्मेवारी निर्वाह गर्दै आएको थिएं ।

सुरूवात केहि गर्लान् जस्तो नि लाग्यो । जब भित्री कुरा बुझ्न थालें । क्षेत्रीयवाद, चरम नातावाद, कृपावाद, व्यक्तिवाद, गुटगत अवसरवाद, मनोगत प्रवृत्ति, सारसंग्रहवाद, राजा र रैती , मालिक र दासको व्यबहार, कम्युनिस्ट आन्दोलन विरुद्ध देखा परेका सबै प्रवृत्तिको पर्याय बोकेको नेतृत्व देखें।

मन्त्री बन्न कहिले प्रचण्ड कहिले केपी संग लम्पसार पर्ने, नपाए पछि बिरोध गर्ने, क्षणिक स्वार्थले भरिएको नेतृत्वबाट देश र जनताको पक्षमा भलो गर्न नसकिने ठहर भएको हुँदा आजकै मितिदेखि साधारण सदस्य समेत नरहने गरि मधेसवादी आम जनता पार्टी नामक पार्टी परित्याग गरेको छु ।

प्रतिक्रिया दिनुहोस्