हटाईयो बालकुमारीदेखि च्यासलसम्मको सुकुम्बासी बस्ती
ललितपुर।ललितपुर महानगरपालिकाले सुकुम्बासी बस्ती हटाएको छ । महानगरले आइतबार बालकुमारीदेखि च्यासलसम्मको सुकुम्बासी बस्ती खाली गरेको हो ।

यही असार २१ गते सार्वजनिक सूचनामार्फत् सात दिनभित्र खाली गर्ने निर्देशन दिएको महानगरले आइतबार बस्तीमा रहेका घर टहरा भत्काएको हो ।
सूचनालाई बेवास्ता गर्दै बसेपछि आइतबार बिहान महानगरीय प्रहरीले सुकुम्बासी बस्तीका घर टहरा भत्काएर खाली गराएको हो । महानगर प्रहरी प्रमुख सीताराम हाछेथुसहित महानगरी प्रहरी बल बस्तीमा पुगेको थियो ।
वर्षाैँदेखि बसेका नदी किनारामा अनधिकृत रुपमा घर टहरा बनाएर बसेका थिए । नदी किनारमा बनाइएको अनधिकृत घर टहरा हटाएर सार्वजनिक जग्गामा सरकारको मातहतमा ल्याएको ललितपुर महानगरले जनाएको छ ।