सोमबार तीन घण्टाका लागि पछि सर्‍यो प्रतिनिधिसभा बैठक



काठमाडौं।सोमवार दिनको १ बजे वस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक फेरि पर सरेको छ।बिशेष कारणले समय परिवर्तन गर्नुपरेको जनाउँदै संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा सोही दिन दिउँसो ४ बजेका लागि बैठकको समय निर्धारण गरिएको जनाईएको छ।

‘असार ३१ गते विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल असार ३१ गते सोमबार दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, संसद् सचिवालयले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

यसअघि आइतबार निर्धारित बैठक स्थगित गरेर सचिवालयले सोमबार १ बजेका लागि नयाँ मिति तय गरेको थियो । सत्ता परिवर्तनका कारण प्रतिनिधिसभाको बैठक पनि प्रभावित भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् । उनको शपथ भने सोमबार हुने भएकाले संसद् पनि सारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्