कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक



केदार बस्नेत काठमाडौं । नयाँ सत्ता समीकरण निर्माण भएसँगै नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। शनिबार आज बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय,बी:पी स्मृति भवन,बी:पी नगर ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा जानकारी गराईएको छ ।

बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा पठाउँने मन्त्रीहरूबारे पनि निर्णय लिने कांग्रेसको तयारी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्