जबरजस्ती करणी गरेको अभियोगमा खोटाङको जन्तेढुंगाबाट एक जना पक्राउ



खोटाङ। २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका-६ बस्ने ६३ वर्षीय बलबिर राई रहेको प्रहरीले जनाएको छ।उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राईले ती महिलालाई बुधबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्