जनता समाजवादी पार्टीले पनि लियो सरकारलाई दिएको समर्थन फिर्ता



काठमाडौँ।सत्तारुढ जनता समाजवादी पार्टीले पनि प्रचण्ड नेतृत्वको बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिएको छ ।

उक्त पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खानले पनि राजीनामा दिएका छन् ।

यसअघि नेकपा एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रतिक्रिया दिनुहोस्