एकीकृत समाजबादीले घोषणा गर्यो ९३ सदस्यीय केन्द्रीय कमिटीको नाम
काठमाडौं।नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

गएको १६ गते शुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले शुक्रबार ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको हो ।
९३ जना केन्द्रीय कार्यसमिति सदस्यहरूलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथ ग्रहण गराएका छन्।दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको पार्टीले बाँकी सदस्य आउँदो १० दिनभित्र पूर्णता दिने जनाएको छ ।
काठमाण्डाैमा सम्पन्न पार्टीको महाविधेशनले माधवकुमार नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरिसकेको छ । त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भइसक्नुभएको छ ।

