गृहमन्त्री लामिछानेबिरुद्धको मुद्दा तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासबाट अन्तिम फैसला हुने
काठमाडौं। गृहमन्त्री रवि लामिछानेबिरुद्धको मुद्दा तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासबाट अन्तिम फैसला हुने भएको छ।

मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि सो मुद्दा तीन न्यायाधीशको पूर्ण इजलासबाट फैसला हुने भएको हो।मुद्दाको सुनुवाइ गरेका सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको फरक-फरक राय आएपछि अन्तिम सुनुवाई बिहिवार हुन नसकेको हो।
गृहमन्त्रीविरुद्धको मुद्दा अब सहकारीको रकम अपचलनको आरोप लागेका गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन्।

