एकीकृत समाजबादीको अध्यक्षमा नेपाल सर्बसम्मत
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को अध्यक्षमा माधव नेपाल दोहोरिएका छन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत अध्यक्ष दोहोरिएका हुन् ।

सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन् ।सुरुमा तीनै नेताले अध्यक्षमा दाबी गरेका थिए । तर, नेताहरूले दबाब दिएपछि सर्सम्मतरूपमा नेतृत्व चयन गरिएको हो ।
महाधिवेशन प्रतिनिधिहरूले अन्य पदमा पनि सर्बसम्मत चयन गर्न सुझाव दिएका छन्।अन्य पदाधिकारीको निर्णय सचिवालयले गर्ने महाधिवेशन हलमा सम्मानित नेता झलनाथ खनालले घोषणा गरेका थिए ।महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले खनालको उक्त घोषणामा असहमति जनाएकी छन् ।
महाधिवेशन १६ गतेदेखि सुरु भएको थियो।

