उत्कृष्ट जीपीए ल्याउने छात्रछात्रालाई रत्नराज्य माबिको पुरस्कार तथा सम्मान



काठमाडौं।काठमाडौंको मध्येबानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयले यस बर्षको एसईई परीक्षामा सर्बोत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै पुरस्कृत गरेको छ।

विद्यालय प्रांगणमा बिहिबार आयोजित एक कार्यक्रममा सर्बोत्कृष्ट जीपीए ल्याउने दुई जना र उत्कृष्ट जीपीए ल्याउने १२ जना छात्रछात्रालाई विद्यालयको तर्फबाट पुरस्कृत र सम्मानित गरिएको प्रधानाध्यापक रामआशिष यादवले जानकारी दिनुभयो।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सकुन्दराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं १० का वडाध्यक्ष रामकुमार केसीले विद्यालयको तर्फबाट सम्मानपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो।

त्यस अवसरमा विद्यालयको तर्फबाट यसबर्षको एसईई परीक्षामा सहभागी भएर 4GPA ल्याउने छात्रद्वय शशि मण्डल र प्रज्वल मिश्रलाई सम्मान पत्रसहित नगद २५ हजार र 3.91 देखि 3.96 सम्म जीपीए ल्याउने १२ जना छात्रछात्रालाई सम्मानपत्र र नगद पुरस्कार तथा अन्यलाई सम्मान गरिएको थियो।

प्रधानाध्यापक यादवका अनुसार बिषयगत रूपमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई समेत त्यस अवसरमा विद्यालय र अक्षयकोषदाताका तर्फबाट सम्मान र पुरस्कार प्रदान गरिएको थियो।

रत्नराज्य माध्यमिक विद्यालयबाट यस बर्षको एसईई परीक्षामा २५३ जना छात्रछात्रा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्