कांग्रेस-एमाले गठबन्धन बन्नुमा प्रचण्ड जिम्मेवार : महामन्त्री थापा
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस-एमालेको गठबन्धन बन्नुमा प्रचण्ड नै जिम्मेवार रहेको बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले नयाँ गठबन्धन बनेको चार महिनामा नै अर्को गठबन्धन बन्ने सम्भावना नै नरहेको बताउदै प्रचण्डको अस्थीर चरित्रका कारण नै नयाँ गठबन्धन बनेको बताएका हुन् ।
एमालेसँग सहकार्यमा बसिराख्ने र कांग्रेससँग पनि लसपस गर्ने बानीले नयाँ गठबन्धन बनेको उनको भनाइ थियो। “एमालेसँग सरकारमा बसिरहेर पनि प्रचण्डले फेरि नयाँ खालको लसपस गर्नका निम्ति हातखुट्टा पसार्न थालेपछि अहिलेको दुर्घटना निम्त्याएको हो,” थापाले भने।
महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको बताए। मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र एमाले सहितको राष्ट्रिय सरकार गठन हुन लागेको उनको भनाइ थियो।
उनले प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेको बताउदै उनले छिटो भन्दा छिटो मार्ग प्रशस्त गर्नुपर्ने बताए । प्रधानमन्त्रीसँग मार्ग प्रशस्त गर्ने वा विश्वासको मत लिने दुई विकल्प भएको बताउदै उनले आफुहरुले केहि दिन कुर्ने बताए ।file foto

