जबर्जस्ती करणीको अभियोगमा झापा र काठमाडौंबाट एकएक जना पक्राउ
काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगर पक्राउ परेका छन्।

मगरले ती किशोरीलाई चन्द्रागिरी नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।
उता,झापामा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका-१ बस्ने २८ वर्षीय अन्सार मियालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
मियाँले ती महिलालाई विवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

