बिश्वासको मतमा सघाउने गरी फर्किए राजीनामाका लागि बालुवाटार पुगेका रास्वपाका मन्त्री



काठमाडौं । राजीनामा बुझाउन बालुवाटार गएका रास्वपाका मन्त्रीहरु त्यसै फर्किएका छन् ।

एक घण्टा बढी छलफल गरेका उनीहरुलाई प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन प्रयास गर्ने बताएपछि रास्वपाका मन्त्रीहरु राजीनामा नबुझाइ फर्किएका हुन्।

उनीहरु राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।प्रधानमन्त्री प्रचण्डसँगको छलफल पछि उनीहरू राजीनामा नदिएर फर्किएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रधानमन्त्रीले आफूले संसद ‘फेस’ गर्ने र त्यसमा सहयोग गर्नुपर्छ भनेपछि राजीनामा नदिइ फर्किएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। 

‘रास्वपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू राजीनामा दिने भनेर आज बालुवाटार आएका थियौं। प्रधानमन्त्रीले अलिकति छलफल गर्नुपर्छ भनेर भन्नुभयो। पछिल्लो परिस्थितिको समग्र विश्लेषण भयो। प्रधानमन्त्रीले राजनीतिक घटनाक्रम जसरी बढेको छ। त्यसमा मैले आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु। संसदलाई फेस गर्छु। जनताका प्रतिनिधिहरूले मलाई प्रधानमन्त्री बनाएका हुन्। मैले संसदलाई जवाफ दिनुपर्छ। संसदलाई फेस गरिरहँदा तपाईंहरूले साथ दिनुपर्छ भन्नुभयो। हामीले पनि उहाँको संवैधानिक अधिकारलाई सम्मान गर्दै फर्कियौं,’उनले भने।
file foto

प्रतिक्रिया दिनुहोस्