कांग्रेस-एमाले गठबन्धन सत्ता स्वार्थ र भ्रष्टाचारको कारबाहीबाट जोगिने रणनीतिको परिणाम : राप्रपा नेपाल



काठमाडौं।राप्रपा नेपालले कांग्रेस-एमाले गठबन्धन सत्ता स्वार्थ र भ्रष्टाचारको कारबाहीबाट जोगिने रणनीतिको परिणाम भएको निष्कर्ष निकालेको छ।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यक्रमबारे छलफल गर्न अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निष्कर्ष निकालेको हो।यो गठबन्धन बनेपछि नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरण, सुन काण्ड, ललिता निवास, टेरामक्स जस्ता भ्रष्टाचारको घटनालाई दबाइने स्वार्थले बनेको राप्रपा नेपालको निष्कर्ष छ ।

गठबंधन कुनै सिद्धान्त,नीति र जनादेशको आधारमा बनेको होइन’,महामन्त्री राजाराम बर्तौलाले भने, ‘संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाएको अमूर्त तर्क केबल सत्ता आरोहणलाई पुष्टि गर्ने निरर्थक बहाना हो । यही भ्रष्ट व्यवस्थालाई थप टेको लगाउन संविधान संशोधनको चर्चाबाट हिन्दू राष्ट्र र राजसंस्था स्थापना र प्रदेश खारेजी चाहनेहरु उत्साहित हुनुपर्ने वा स्वागत गर्न हतारिनु आवश्यक छैन ।’file foto

प्रतिक्रिया दिनुहोस्