६ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ



अर्घाखाँची।६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ब्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मालारानी गाउँपालिका-६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगर रहेको प्रहरीले जनाएको छ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्