गिरिजाप्रसादको जन्मजयन्तीमा कैदीबन्दीहरुलाई नेबिसंघ सोलुखुम्बुद्वारा पुस्तक वितरण
सोलुखुम्बु।नेपालका पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको १०० औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई पुस्तक वितरण गरेको छ।

संघको तर्फबाट नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुका सचीव मोहन कृष्ण निरौलाले कारागारका जेलर रामकुमार विश्वकर्मालाई पुस्तक हस्तान्तरण गर्नुभएको छ । पुस्तक हस्तान्तरण गर्नु हुँदै सचीव निरौलाले पुस्तक पढ्नेहरूको संख्या दिन प्रतिदिन घट्दो अबस्थामा रहेका कारण पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । साथै जेलर विश्वकर्माले पुस्तक उपलब्ध गराएकोमा नेपाल विद्यार्थी संघ सोलुखुम्बुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा सोलुखुम्बु बहुमुखी क्याम्पसका स्वबियु कोषाध्यक्ष देविकला कुलुङ, जिल्ला कार्यसमिति सदस्य प्रतिमा तामाङ लगायत विद्यार्थी नेताहरूको उपस्थिति रहेको नेपाल विद्यार्थी संघ सोलुखुम्बुका नेता कपिल थुलुङले जानकारी दिनुभयो ।

