नेविसंघ सोलुखुम्बुका पूर्ब सहसचिब थापाले गरे आत्महत्या
सोलुखुम्बु।नेपाल विद्यार्थी संघ सोलुखुम्बुका पूर्ब सहसचिव सुनिल थापाले आत्महत्या गरेका छन्।

थुलुङ दुधकोशी गाउँपालिका वडा नं १ नेले निबासी थापाले गएराती आफ्नै घरमै झुण्डिएर आत्महत्या गरेका हुन्।केही समय यताबाट डिप्रेसनमा रहेका थापाका श्रीमती र एक छोरा छन्।
उनको आजै अन्त्येष्टि गरिएको छ।बस्नेतको पार्थिव शरिरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा,नेपाल तरुण दलका केन्द्रीय सदस्यद्वय नवीन थापा र अस्विनबाबु थापाले नेपाली कांग्रेस र नेविसंघको झण्डा ओढाएर अन्तिम बिदाई गरेका थिए।

