सरकार नढल्नेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क
काठमाडौं।सरकार परिवर्तनको ठुलै हल्लीखल्लीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार नढल्नेमा ढुक्क देखिएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार बालकोटमा लामो वार्तालाप भएपछि राजनीति तरंगित भइ रहेका बेला ‘प्रचण्ड’ले सोमबार मन्त्रिपरिषद बैठकमा अहिलेको गठबन्धन लामो समय टिक्ने बताउँदै मन्त्रीहरूलाई ढुक्क हुन आग्रह गरेका हुन्।
उनले गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताए । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री प्रचण्डले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेको जानकारी दिए ।
मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताए । “गठबन्धनका दलबीच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन”, उनले भनिन्,-“गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।”file foto

