बम्जनलाई तोकियो १० वर्ष कैद सजाय
काठमाडौं । बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय तोकिएको छ । साथै पाँच लाख क्षतिपूर्तिको पनि सजाय सुनाइएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई सोमबार सजाय निर्धारण गरेको हो।यसअघि असार १० गते बम्जनलाई दोषी ठहर गरेकोमा आज सजाय तोकिएको हो।हत्या र यौनहिंसाका आरोपित बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो।
आफूलाई ‘लिटिल बुद्ध’बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको,बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ ।आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

