अध्यक्ष लामिछानेले झुक्याउने र भ्रमको खेती मात्रै गर्ने गरेको भन्दै ६ नेताले गरे रास्वपा परित्याग



मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेको घोषणा गरेका छन् ।

६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले आफूहरूले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन् । यसरी पार्टी परित्याग गर्नेहरुमा मकवानपुर क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल, हैटौंडा उपमहानगर समिति सदस्य टंकबहादुर हिम्डुङ,हटौंडा वडा नं १२ का उपसभापति निर्मला प्रजा बास्तोलाका साथै सिंगो वडा कमिटी, १७ का उपसभापति विकास श्रेष्ठ र सचिव श्यामसुन्दर राई छन् ।

देशको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति रवि लामिछानेले कार्यकर्ता,जनतालाई झुक्याउने र भ्रमको खेती गर्ने बाहेक शासकीय स्वरूप परिवर्तन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, प्रदेश खारेजीलगायत थुप्रै महत्त्वपूर्ण विषय चुनावी नारामा मात्र सीमित गर्दै त्यसका लागि पार्टी नेतृत्वबाट कुनै प्रयास गर्न नसकेको आरोप उनीहरूले संयुक्त बिज्ञप्तिमार्फत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्