पहिरोले घर पुँरिदा गुल्मीमा एकै परिवारका ५ र बागलुङमा दुई जनाको मृत्यु
गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीका अनुसार पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बागलुङमा गलकोट नगरपालिका-८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी पत्नी ५० वर्षीया वसन्ती विकको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए।
गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका-८ का वडा सदस्य लोकनाथ कँडेलले बताए। घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ।(सांकेतिक तस्बिर)

