रौतहटमा १२ र खोटाङमा १३ बर्षीय किशोरी बलात्कृत



काठमाडौं।जबर्जस्ती करणी गरेको अभियोगमा रौतहट र खोटाङबाट एकएक जना गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

१२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा देवाही गोनाही नगरपालिका-९ कर्कच बस्ने २० वर्षीय सुधिर कुमार रामलाई रौतहट र १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका-२ बस्ने २५ वर्षीय ढक बहादुर रानामगरलाई बिहीबार साँझ प्रहरीले खोटाङबाट पक्राउ गरेको हो ।

रामले ती किशोरीलाई बिहीबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाईएको छ।

उता,मगरले ती किशोरीलाई सोही ठाउँस्थित खाली घरमा लगेर सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्