एकीकृत समाजबादीले थप्यो पदाधिकारी र केन्द्रीय सदस्यको संख्या



काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको संख्या २९९ पुर्‍याउने भएको छ । बिहीबार पार्टी सचिवालय बैठकले सो निर्णय गरेको हो । यसअघि केन्द्रीय कमिटीको संख्या १९९ थियो ।

बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव जगन्नाथ खतिवडाले पदाधिकारी संख्या २१ पुर्‍याउने निर्णय भएको जानकारी दिए साथै,सम्मानित नेताको पद कायम राख्दै वरिष्ठ उपाध्यक्ष पद स्थापना गरिने निर्णय भएको खतिवडाले बताए ।

केन्द्रीय उपाध्यक्षमा एक महिला अनिवार्य र यसअघि मनोनयन हुँदै आएको केन्द्रीय प्रतिनिधि बन्द गरिने पनि निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्