आजपाकाे दाेस्राे काभ्रे जिल्ला भेला भदौ ९ मा, आयोजक समिति संयाेजकमा लामा



काभ्रे।आम जनता पार्टीको दाेस्राे काभ्रे जिल्ला भेला आगामी भदाै ९ मा काभ्रेको धुलिखेलमा हुने भएको छ ।

आम जनता पार्टीको केन्द्रीय उपाध्यक्ष अरुण घिसिङ, स्थायी समिति सदस्य याेगेश राल्फाली,आम तामाङ मुक्तिमोर्चाका केन्द्रीय संयाेजक विकेश तामाङ र आम विद्यार्थी माेर्चाका केन्द्रीय सदस्य पासाङ घिसिङकाे विशेष उपस्थितिमा काभ्रे जिल्ला पार्टी कार्यालय बनेपामा बसेकाे जिल्लाका अगुवा कार्यकर्ताहरुकाे विशेष बैठकले दाेस्राे जिल्ला भेला गर्ने निर्णय गरेकाे हाे ।

बैठकले जेनिशा लामाकाे संयाेजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयाेजक समिति गठन गर्नुका साथै विभिन्न उपसमिति समेतको गठन समेत गरेको छ।जस अनुसार व्यवस्थापनकाे संयाेजकमा तिलक लामा, आर्थिक विभागको संयाेजकमा जेनिशा लामा,प्रचार-प्रसार विभागकाे संयाेजकमा पासाङ घिसिङ,साँस्कृतिक विभागकाे संयाेजकमा दिल बहादुर वाईबा र सह-संयाेजकमा कमान तामाङ, कलाकार विभागकाे संयाेजकमा जश्ना श्रेष्ठ साथै स्वयम् सेवक विभागकाे संयाेजकमा फूर्साङ जिम्बालाई जिम्मेवारी ताेकेकाे छ ।

बैठकले पार्टीले जारी राखेको संघर्षका कार्यक्रमहरुलाई अझ सशक्त ढंगले आगामी बढाउँदै जिल्लामा पार्टीको सांगठनिक गतिविधि वडास्तरसम्म बिस्तार गर्दै लैजाने निर्णय समेत गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्